एनआरएनए अमेरिकाका अध्यक्ष बन्जाडेको अध्यक्षतामा नागरिकता आयोग गठन

एनआरएनए अमेरिकाका अध्यक्ष बन्जाडेको अध्यक्षतामा नागरिकता आयोग गठन


ग्लोब नेपाल
1.3k
Shares

अमेरिका। गैरआवासीय नेपाली संघ अमेरिकाले नागरिकता आयोग गठन गरेको छ। एकपटकको नेपाली सधैंको नेपाली भन्ने नारालाई कानुनी र संवैधानिक मान्यता दिलाउन पहल गर्ने उद्देश्यले आयोग गठन गरिएको आज सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष डा. अर्जुन बन्जाडेको अध्यक्षतामा गठन गरिएको आयोगमा एनआरएन अमेरिकाका पूर्व नेतृत्वकर्ता र सबै राजनीतिक दलका प्रमूखहरुलाई सदस्य राखिएको छ। आयोगको सदस्य सचिवमा गोपेन्द्र भट्टराई रहेका छन्।

एनआरएन अमेरिकाका प्रवक्ता डा. राजन पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ,-‘ हामी सबै सम्बन्धित पक्षहरूलाई यस पहललाई समर्थन गर्न अनुरोध गर्दछौं। आयोगले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनको पक्षमा वकालत गर्नेछ र “एक पटकको नेपाली, सधैं नेपाली” को सिद्धान्तलाई सही अर्थमा परिलक्षित गर्न संविधानमा आवश्यक संशोधनको पक्षमा लबिंग गर्नेछ।’

को को छन् आयोगमा ?
२८ सदस्यीय आयोगमा अध्यक्ष र सदस्यसचिव बाहेक २६ जना सदस्य रहेका छन्। जसमा अधिकांश एनआरएनमा विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरु र राजनीतिक दलका प्रमूखहरु रहेका छन्। जस अनुसार, सदस्यहरुमा डाक्टर अम्बिका अधिकारी, पूर्ण अधिकारी, डाक्टर रुद्र अर्याल, दिक्षा बस्नेत, हरिबोल भण्डारी, आनन्द बिष्ट, खगेन्द्र जीसी, रतन झा, गौरी जोशी, डा. श्याम कार्की, प्रल्हाद केसी, तिलक केसी, डा विष्णुमाया परियार, डा. दामोदर पौडेल, डा केशव पौडेल, डा आमोद पोखरेल, शिव राई, सुनील साह, डा. पुरु श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, तारा सिग्देल, बुद्धी सुवेदी, मोहन थापा, सञ्जय थापा, रविना थापा, सुमन तिम्सिना रहेका छन् ।