काठमाडौं । कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको ध्यान अब २०८४ को निर्वाचनका लागि हुनुपर्ने बताएका छन । आज शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन ।
उनले सरकारबारे चिन्ता लिन नपर्ने भन्दै ८४ को निर्वाचनमा पार्टीको प्रतिद्वन्द्वी एमाले भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने पनि बताएका छन । केन्द्रीय समितिको बैठकमा उनले भने, ‘यो सरकार चल्छ ।
अब हाम्रो उद्देश्य के अब हुनुपर्छ भने ८४ को चुनाव हुनुपर्छ, ‘जहाँ हाम्रो मुख्य प्रतिद्वन्द्वी हुन्छ एमाले । त्यसका लागि हामी कडाइका साथ उभिएर सङ्गठनतर्फ उभिनुपर्छ ।’
प्रतिक्रिया