राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार केनेडी जुनियरको ट्रम्पलाई समर्थन

राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार केनेडी जुनियरको ट्रम्पलाई समर्थन


ग्लोब नेपाल
54
Shares

अमेरिकी राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

योसँगै रोबर्ट एफ केनेडी जुनियरले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एरिजोनामा आयोजित र्‍यालीमा उनले ट्रम्पसँग स्टेज पनि सेयर गरेका थिए ।

रोबर्ट एफ केनेडी जूनियर पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका वंशजका हुन् । ७० वर्षीय केनेडी यसअघि डेमोक्रेटिक पार्टीका सदस्य थिए तर सिद्धान्तको द्वन्द्वका कारण उनले पार्टी छाड्ने निर्णय गरेका थिए ।

उनको र्‍यालीको मञ्चमा स्वागत गर्दै ट्रम्पले केनेडीलाई अभूतपूर्व र प्रतिभाशाली नेताको रूपमा पनि वर्णन गरेका थिए ।