काठमाडौं । अछाम जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर र नेपाली काँग्रेसका जिल्ला प्रवक्ता पदम शाहबीच कुटाकुट भएको छ ।
आइतबार राति जिल्ला समन्वय समितिको कार्यालयस्थित सरकारी निवासमा उनीहरूबीच कुटाकुट भएको हो । सरकारी निवासमा सँगै मदिरा सेवन गरेका उनीहरूबिच कुटाकुट हुँदा दुवै जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार कुटपिटका क्रममा समन्वय प्रमुख कुँवरको टाउकोमा चोट लागेको छ भने शाहको हातमा चोट लागेको छ । राति साढे १० बजे कुटाकुट भएको खबर प्रहरीले पाएको थियो । त्यसपछि दुवै जनालाई जिल्ला अस्पताल पुराइएको थियो ।
स्वास्थ्य परीक्षणमा दुवै जनाले मदिरा सेवा गरेको पाइएको प्रहरीले जनाएको छ । मदिरा सेवनपश्चात् व्यक्तिगत विवाद बढ्दै जाँदा दुई जनाबीच कुटाकुट भएको हो ।
प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ । बोलाएको बेला उपस्थित हुने सर्तमा दुवैलाई प्रहरीले छोडेको छ । उनीहरू दुवै काँग्रेस नेता हुन् ।
प्रतिक्रिया