प्रचण्डले संसदमा बोल्न मागे विशेष समय

प्रचण्डले संसदमा बोल्न मागे विशेष समय


ग्लोब नेपाल
108
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा बोल्न विशेष समय माग गरेका छन् । प्रतिनिधिसभा बैठक अपराह्न १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।

प्रचण्डले बोल्न समय मागेको संसद सचिवालयका एक अधिकारीले बताए । उनका अनुसार समसामयिक विषयमा बोल्न भन्दै प्रचण्डले समय मागेका हुन् । काँग्रेस र एमालेबीच गत १७ असारमा एकाएक सहमति भएपछि तत्कालीन प्रधानमन्त्री प्रचण्डको सरकार ढलेको थियो ।

आफ्नो सरकारले सुशासनका लागि थालेको भ्रष्टाचारविरोधी अभियानबाट तर्सिएका बिचौलिया र दलालहरुले काँग्रेस–एमाले मिलाएको आरोप उनले लगाउँदै आएका छन् ।

सोमबार पार्टीको गण्डकी प्रदेश बैठकमा बोल्दै प्रचण्डले वर्तमान सत्ता गठबन्ध धेरै दिन नटिक्ने बताएका थिए । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

यस्तै सांसदहरुले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने पनि सम्भावित कार्यसूची छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक–२०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।