टेक्ससमा मुनाको गोली हानी हत्या, अस्ट्रेलियामा सम्झना बेपत्ता

टेक्ससमा मुनाको गोली हानी हत्या, अस्ट्रेलियामा सम्झना बेपत्ता


ग्लोब नेपाल
972
Shares

काठमाडौं । अमेरिकाको टेक्सस राज्यको ह्युस्टन शहरमा २१ बर्षिया नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या भएको छ भने अस्ट्रेलियामा २६ बर्षिय स्वास्थ्य परिचारिका सम्झना अधिकारी बेपत्ता भएको समाचार प्राप्त भएको छ । अस्ट्रेलियाको क्विन्सल्याण्ड प्रहरीले पनि उनको खोजी गर्न समेत आह्वान गरेको छ । साथै उनको तस्बिर पनि प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार ह्युस्टनको एक आवासगृह (अपार्टमेन्ट)मा मुना पाण्डेको गोली हानी हत्या भएको हो । उनी टेक्सस राज्यकै ह्युस्टन शहरको ह्युस्टन सामुदायिक महाबिद्यालय ( कम्यूनिटी कलेज)मा अध्ययनरत थिइन् । प्रहरीका अनुसार मुनाको छातीमा गोली लागेको थियो। उनको शव सोमबार अपराह्न आफ्नै आवासमा फेला परेको हाे।

मुनाकी आमा अनिता पाण्डेले छोरीसँग ४ दिनअघि कुराकानी भएको र उनी मात्र सन्तान रहेको समेत बताएकी थिइन् । घटनाकाे अनुसन्धान प्रहरीले सुरु गरिसकेको छ भने अहिलेसम्म कसैलाई पनि गिरफ्तार गरिएको छैन।