नेपाल निर्माण उद्योग परिषद्लाई रानाको नेतृत्व

नेपाल निर्माण उद्योग परिषद्लाई रानाको नेतृत्व


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेकपा एमाले सम्बद्ध नेपाल निर्माण उद्योग परिषद्को अध्यक्षमा बलिभद्र राणा निर्वाचित भएका छन् । परिषद्को शनिबार सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनले अध्यक्षमा राणालाई निर्विरोध निर्वाचित गरेको हो ।

समितिको खुला उपाध्यक्षमा सुरेन्द्र पाठक, कोशी प्रदेश उपाध्यक्षमा कमल गौतम, मधेश प्रदेश उपाध्यक्षमा रामसुरत देब, बाग्मती प्रदेश उपाध्यक्षमा नारायण बडाल, गण्डकी प्रदेश उपाध्यक्षमा नारायण जिसी, लुम्बिनी प्रदेश उपाध्यक्षमा प्रकाश शाह, कर्णाली प्रदेश उपाध्यक्षमा लक्ष्मणप्रसाद पोखरेल, सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा कृष्ण बहादुर शाही, महिला उपाध्यक्षमा मन्जु भुषाल र उपत्यका उपाध्यक्षमा कृष्णाप्रसाद गौतम चयन भएका छन् ।

यसैगरी महासचिबमा रामशरण देउजा, उपमहासचिबमा पुश्कल न्यौपाने र बलराम श्रेष्ठ, सचिवमा मनोज तामाङ र दिनेश पौडेल निर्वाचित भएका छन् । यसैगरी कोषाध्यक्षमा उज्जवल गौतम, लेखा संयोजकमा सोमराज तिमल्सिना, निर्वाचन संयोजकमा पशुपति थापा र अनुशासन आयोगका संयोजकमा ध्रुव भट्टराई निर्वाचित रहेका छन् ।