टानमा कांग्रेस-एमाले गठबन्धन पराजित भएपछि प्रचण्ड उत्साहित

टानमा कांग्रेस-एमाले गठबन्धन पराजित भएपछि प्रचण्ड उत्साहित


ग्लोब नेपाल
9.3k
Shares

काठमाडौँ । पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा आफ्नो दल निकट व्यवसायी सागर पाण्डे विजयी भएकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उत्साहित देखिएका छन् ।

कांग्रेस–एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई एक सय मतान्तरले पराजित गर्दै माओवादी केन्द्र सम्वद्ध व्यवसायी पाण्डे ५ सय ८० मत ल्याएर विजयी भएका थिए । सापकोटाले ४ सय मत पाए । प्रचण्डले सामाजिक सन्जालमार्फत बिहानै खुसीको खबर बाँड्ने अवसर मिल्यो भन्दै अध्यक्ष सागर पाण्डेसहित उनको प्यानललाई बधाई तथा शुभकामना दिए ।

प्रचण्डले लेखेका छन्, ‘तपाईंहरुको अथक मिहेनत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ भएको छ । हार्दिक शुभकामना व्यक्त गर्दछु।’