मुना पाण्डे हत्या प्रकरणका अभियुक्त बबी शाह अदालतमा मौन

मुना पाण्डे हत्या प्रकरणका अभियुक्त बबी शाह अदालतमा मौन



काठमाडौं । अमेरिकाको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या गरेको अभियोगमा पक्राउ परेका बबी शाह अदालतमा मौन रहेका छन् ।

अपार्टमेन्टमा पाण्डेको गोली हानी हत्या गरेकाे आरोपमा शाहलाई पक्राउ गरी अदालतमा पेस गरिएको थियो । अभियोजकहरूले उनलाई थुनामै राख्नुपर्ने दलिल गर्दा शाह भने चुप बसेको अमेरिकी समाचार माध्यमहरूले उल्लेख गरेका छन् ।

२१ वर्षीया मुना पाण्डेको भदौ २४ हत्या गरेको अभियोगमा पक्राउ परेका बबी शाहविरुद्धको मुद्दामा धरौटी अस्वीकार गर्ने निर्णयले ह्यारिस काउन्टी जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा अघि बढाउन सकिने विश्वास व्यक्त गरेको छ ।

सहायक जिल्ला न्यायधिवक्ता रेबेका मार्शलले सुनवाइमा के सजाय खोज्न सकिन्छ, वा कहिले हुन सक्छ भनेर जान्न धेरै चाँडो भएको बताइन् । मुना पाण्डेको हत्या प्रकरणमा अदालतमा सुनुवाइ हुँदा पाण्डेका आफन्त तथा साथीहरूको ठूलो उपस्थिति थियो । तर, ५१ वर्षीय अभियुक्त शाह अदालतमा कुनै भावना नदेखाई मौन रहे ।

शरीरमा र एकपटक टाउकोमा गोली लागेको अवस्थामा पाण्डेको शव फेला परेको थियो । उनलाई अज्ञात व्यक्तिले गोली हानेको प्रहरीले प्रारम्भिक सूचना पाएको थियो । पछि सीसीटीभी फुटजेमा एक व्यक्तिले गोली हानेको देखिएको थियो । र प्रहरीले ती व्यक्तिको पहिचानका लागि सार्वजनिक सूचना जारी गरेको थियो । त्यसपछि प्रहरीले बबी शाहका रूपमा ती व्यक्तिको पहिचान गरी उनलाई पक्राउ गरेको हाे ।