चिनियाँ ठेकदारको धम्कीपछि नारायणगढ–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप

चिनियाँ ठेकदारको धम्कीपछि नारायणगढ–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप भएको छ । साउन ८ गते म्याद सकिएपछि ८ गतेदेखि लागू हुने गरी १० गते एक वर्षका लागि म्याद थपिएको सडक विभागका आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिएका छन् ।

म्याद थप्नुअघि सडक विभागका उच्च अधिकृतहरुले चीन भ्रमण गरेका थिए । चिनियाँ ठेकेदार कम्पनी चाइन स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलाई काममा फर्काउन सडक विभागका उच्च अधिकृतहरु चीन पुगेका हुन् । चिनिया पक्षले ३ वर्षको ठेक्कामा आयोजनाको पूर्णरुपमा साइट क्लियर नगरेको, रुख कटान नभएको , विजुलीको पोल नहटाएको, स्थानीय क्षेत्रमै उपलब्ध हुने निर्माण सामग्रीको आपूर्तिमा पनि अवरोध भएकाे लगायत दर्जनाै समस्याले गर्दा आफ्नाे कराेडाै‌काे क्षति भएकाे चिनियाँ पक्षाकाे आराेप छ । जुन आयाेजनाले तिर्नुपर्ने निर्माण कम्पनीकाे दाबी छ ।

निर्माण कम्पनीलाई काममा फर्काउन सडक विभागका उच्च अधिकृतहरु चीन गएका हुन् । चिनियाँ निर्माण कम्पनीले खेर गएको समयको क्षतिपूर्ति सडक विभागले दिनुपर्ने अडान नछोडेपछि नेपाली पक्ष चीनबाट रित्तो हात फर्किएर आयोजनाको एकपक्षीय ढंगले एक वर्षको म्याद थप गरेको हाे ।

उता चिनियाँ ठेकदार कम्पनीले भने करोडौं रुपैयाँको दाबीसहित सडक विभागलाई पत्रचार गरेको बुझिएको छ भने ठेक्कामा मागदाबी सम्बन्धमा आयाेजनाले क्षतिपूर्तिकाे सम्बाेधन गरेन भने निर्माणा कम्पनी थपिएकाे म्यादमा पनि काम सम्पन्न गर्ने मनस्थितिमा देखिदैन । ठेक्कालाई गिजोलेर अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नेसमेत चिनियाँ निर्माण व्यवसायीको तयारी रहेको देखिन्छ । तर सडक विभाग तथा आयोजना भने चिनियाँ दूतावासमार्फत् निर्माण कम्पनीलाई काममा फर्काउने पहल सुरु गरेको छ ।

आयोजनाको बोलपत्र व्यवस्थापनमा बारम्बार देखिएको कमजोर प्रस्तुतिकरणको फाइदा उठाउँदै समय समयमा विदेशी निर्माण कम्पनीहरुले दुख दिने र विभिन्न क्षतिपूर्ति माग गर्ने प्रवृत्ति पहिल्यैदेखि नै रहेको हो । आफ्नो कमजोरी लुकाउन आयोजनाले ठेक्का तोड्ने अरु विकल्प देख्दैन । यो आयोजना पनि त्यही लयमा गएको निर्माणसम्बन्धी जानकारहरु बताउँछन् । नेपालमा अर्बौको निर्माण कार्य गर्न सक्ने नेपाली निर्माण व्यवसायीहरु सक्षम भइसकेको विगतमा मदन भण्डारी राजमार्ग निर्माणले पुष्टि गरिसकेको छ ।

२०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्ने गरी चिनियाँ कम्पनीसँग २०७५ माघ २४ गते ठेक्का सम्झौता भएको थियो । सोही सम्झौताअनुसार २०७५ साल चैतमा बाटोको शिलान्यास गरिएको थियो । एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर सम्झौता भएको सडकको भौतिक प्रगति अहिले पूर्वी खण्डमा ५२ र पश्चिम खण्डमा ५२.५७ प्रतिशत रहेको दुवै खण्डका आयोजना प्रमुखले जनाएका छन ।