सरकारले तत्काल सवारी चालक अनुमतिपत्र छाप्न नसक्ने

सरकारले तत्काल सवारी चालक अनुमतिपत्र छाप्न नसक्ने


ग्लोब नेपाल
189
Shares

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स छाप्न नसकिने बताएको छ ।

लाइसेन्सको स्मार्ट कार्ड छाप्न नसकिने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अत्यावश्यकबाहेक स्मार्टकार्ड छाप्न सम्भव नरहेको बताए ।

कार्ड छपाई गर्ने मेसिनको सफ्टवेयर बिग्रिएको कारण देखाउँदै विभागले सेवाग्राहीलाई स्मार्टकार्ड छाप्न नसकिने बताएको छ ।

‘मेसिनको सफ्टवेयर बिग्रिएकाले तत्काल अत्यावश्यकबाहेक सवारी चालक अनुमतिपत्रको स्मार्टकार्ड छाप्न सक्ने अवस्था छैन’, रिजालले भने । यस्तै कार्ड छपाई प्रदेशको एकल अधिकारभित्र रहेकाले आफूहरुले केही गर्न नसक्ने उनले स्पष्ट गरे ।

सरकारले यो निर्णय गरेसँगै ट्रायल पास गरेर लाइसेन्सको पर्खाइमा बसेका सेवाग्रही निराश भएका छन् । हाल देशभर १७ लाखभन्दा बढी सेवाग्राही ट्रायल पास गरेर कार्ड कुरेर बसेका छन् ।