२७०१ अंकमा झर्‍यो सेयर बजार

२७०१ अंकमा झर्‍यो सेयर बजार


ग्लोब नेपाल
810
Shares

काठमाडौं । सताको कारोबारको पहिलो दिन आज आईतबार सेयर बजार परिसूचक नेप्सेमा २५.४६ अंकले गरिवाट आएको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २७०१.९ अंकमा कायम भएको छ । बजार दिनभर उतारचढावमा रह्यो ।

१२: २७ बजे २७६० अंकसम्म पुगेको बजार २: ५८ बजे २६९९ सम्म झर्‍यो । ८५ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ३ को स्थिर रह्यो । बजार घट्दा कारोबार रकम केही बढेको छ । बिहीबार ९ अर्ब ६५ करोडको कारोबार भएकोमा आज १० अर्ब १२ करोडको भयो । माइक्रोफाइनान्स समूह १.२१ तथा उत्पादन समूह ०.५० प्रतिशत बढे ।

बैंकिङ १.५८, विकास बैंक २.०७, फाइनान्स १.२४, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर ०.६०, लगानी ०.५४, जीवन बीमा १.४२, निर्जीवन बीमा १.२८, अन्य १.३१ तथा व्यापार समूह १.२४ प्रतिशत घटेको हो । समग्र बजार घट्दा पनि चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । माहुली लघुवित्त, सिर्जनशील लघुवित्त, मिडसोलु हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

सपोर्ट माइक्रोफाइनान्सको ८, उन्नति सहकार्य लघुवित्तको ७.३, गणपति लघुवित्तको ६.६ प्रतिशत मूल्य बढ्यो । थ्रीस्टार हाइड्रोपावरको १०, गुडविल फाइनान्सको ६.०५, दोल्ती पावरको ४.५, मातृभूमि लघुवित्तको ४.४ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एचआईडीसीएल प्रमोटर, ग्रीनलाइफ हाइड्रोपावर, गुडविल फाइनान्स र एनएलजी इन्स्योरेन्स क्रमशः अगाडि रहन सफल भए ।