काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले आफ्नो मुद्दा शाखामा कार्यरत एक जना सहायक हबल्दारलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौँ प्रहरी परिसरका अनुसार सहायक हबल्दार गणेश खड्कालाई नियन्त्रणमा लिएर आन्तरिक छानबिन भइरहेको हो । प्रहरीका अनुसार, मुद्दा मिलाइदिन्छु भनेर ठगी गरेको भन्दै केही व्यक्तिविरुद्ध जाहेरी परेको थियो । ती व्यक्तिहरूसँग खड्काको सम्बन्ध भएको आशंकामा नियन्त्रणमा लिएर छानबिन थालिएको हो ।
यस विषयमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी नवराज अधिकारीको नेतृत्वमा डीएसपी प्रल्हाद कार्कीसहित ४ जना सदस्य रहेको समिति समेत गठन भएको बताइएको छ ।
प्रतिक्रिया