कोरोना बीमाको रकम भुक्तानीसम्बन्धी रिटमा आज सुनुवाइ हुँदै

कोरोना बीमाको रकम भुक्तानीसम्बन्धी रिटमा आज सुनुवाइ हुँदै


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । नेपाल बिमक संघले कोरोना बिमाको रकम माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

सरकारले रकम नदिँदा कोरोना बिमाको दाबी भुक्तानी हुन नसकेको भन्दै संघले आइतबार सर्वोच्चमा रिट दायर गरेको हो । उक्त रिटमा सुनुवाइका लागि आज बिहान १० बजे पेशी तोकिएको हो ।

सरकारले नै भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सरकारसँग भएको सम्झौता र कोरोना बीमा मापदण्ड अनुसार उक्त दायित्व सरकारले बेहोर्नुपर्ने भए पनि भुक्तानी नभएको भन्दै सरकारविरुद्ध रिट दायर गरिएको संघले जनाएको छ ।