कांग्रेस उपसभापति तथा सांसद गुरुङको आपत्ति

कांग्रेस उपसभापति तथा सांसद गुरुङको आपत्ति


ग्लोब नेपाल
351
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले विभिन्न सञ्चारमाध्यमले चरित्र हत्या गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले उक्त अनर्गल, असत्य, भ्रामक, कपोलकल्पित समाचारको पछाडि नलाग्न आफ्ना शुभचिन्तकसँग अपिल गरेका छन् ।

श्रीमति ज्योति गुरुङ महालक्ष्मी स्थान ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रवन्धकका रुपमा कार्यरत थिइन । सहकारीमा रहँदा भएको हर हिसाब लगायत अपचलनका बारेमा मलाई जानकारी हुने विषय भएन । ज्योतिसँग २०७६ फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेको गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सहकारीका हजारौं बचतकर्ताको करोडौं रकम अपचलन भएको भन्ने सुन्नमा आएको छ । त्यसबारेमा जो कसैले अपचलन वा ठगी गरेको भएता पनि उक्त सहकारीका सम्बन्धमा सत्य तथ्य अनुसन्धानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै छानबिनको माग गर्न चाहन्छु , जारी विज्ञप्तिमा भनिएको छ ।