प्रदेश योजना आयोगको उपाध्यक्षमा नेपाल नियुक्त

प्रदेश योजना आयोगको उपाध्यक्षमा नेपाल नियुक्त



काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गंगादत्त नेपाललाई नियुक्त गरेको छ ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सिन्धुपाल्चोकका नेपाललाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले आयोगको रिक्त उपाध्यक्ष पदमा नेपाललाई नियुक्त गर्ने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको जानकारी दिए ।

बैठकले आयोगको सदस्यहरुमा काभ्रेका गुणराज मुक्तान र काठमाडौंका डा. दीपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको सरकारका प्रवक्तासमेत रहेका मन्त्री लामिछानेले बताए ।