चलचित्र ‘शाम्बाला’आजबाट प्रदर्शनमा

चलचित्र ‘शाम्बाला’आजबाट प्रदर्शनमा


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । चलचित्र ‘शाम्बाला’ आजबाट प्रदर्शनमा आएको छ । सो चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएको हो । मीनबहादुर भाम निर्देशित चलचित्रले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ । चलचित्रले हलमा शो समेत राम्रो पाएको छ ।

‘शाम्बाला’ले नेपालको कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपतिप्रथाको कथा चलचित्रमा विषयवस्तुको रूपमा उठाएको छ । ३ जना दाजुभाइसँग विवाह गरेकी युवती गर्भवती भएको थाहा पाएपछि उनी ल्हासामा व्यापार गर्न जाँदा हराएका जेठो श्रीमान्लाई खोज्न दोस्रो श्रीमान्सँग यात्रामा जाने कथामा निर्माण भएको छ ।

चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरुङ, कर्मा शाक्य लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले प्रदर्शनमा ल्याएको हो ।

चलचित्र नेपालबाट अस्कर अवार्डका लागि समेत सिफारिस भएको छ ।