इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा कांग्रेस निकट बराल प्यानलसहित विजयी

इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा कांग्रेस निकट बराल प्यानलसहित विजयी


ग्लोब नेपाल
135
Shares

काठमाडौं । इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी भएका छन् ।

उनले निकटम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । बरालले ४ हजार ८४२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी पाण्डेले २ हजार ८१० मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, सदस्यमा रामकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ, अनिल पौडेल, सञ्जयकुमार शाह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियङ्का गुप्ता र जयकिसुन राय निर्वाचित हुनुभएको छ ।

२५ सदस्यीय एसोसियसनको केन्द्रीय कार्यसमितिमा ३ जना मात्रै सिडेनबाहिरका विजयी भएका छन् । एसोसियसनको मतदान शक्रबार भएको थियो भने आइतबार विहान मात्र मत गणना सकिएको हो ।