दाहाललाई जनसम्पर्क समिति मलेसियाको प्रवक्ताको जिम्मेवारी

दाहाललाई जनसम्पर्क समिति मलेसियाको प्रवक्ताको जिम्मेवारी


ग्लोब नेपाल
3.7k
Shares

काठमाडौं । नेपाली जनसम्पर्क समिति मलेसियाको प्रवक्ताको जिम्मेवारी सरोज दाहाललाई दिइएको छ । समितिका सभापति चोलाकान्त पंगेनीको सभापतित्वमा बसेको बैठकले दाहाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

लामो समय नेविसंघमा सक्रिय दाहाल नेपाली कांग्रेसको राजनीति मिहिन रूपमा बुझेका व्यक्ति हुन् । केही समय अघिदेखि मलेसिया रहेका दाहाल नेपाली कांग्रेसको संगठन निर्माणमा सक्रिय छ्न् । उनले मलेसियामा रहेका नेपालीहरूको हक हितका लागि आवज उठाउदै आएका छन ।