च्याम्पियन्स लिग: पिएसजीको विजयी सुरुवात, सिटी बराबरीमा रोकियो

च्याम्पियन्स लिग: पिएसजीको विजयी सुरुवात, सिटी बराबरीमा रोकियो


ग्लोब नेपाल
81
Shares

लन्डन । युइएफए च्याम्पियन्स लिगमा पिएसजीले विजयी शुरुवात गरेको छ भने म्यानचेस्टर सिटी इन्टर मिलानसँग बराबरीमा रोकिएका छ । गएराति सम्पन्न खेलमा पिएसजीले स्पेनिस क्लब जिरोनालाई १-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा एक मात्र गोल जिरोनाका पाउलो गाजानिगाले आत्मघाती गोल गरेका थिए ।

अब पिएसजीले अर्को खेल अक्टोबर २ मा आर्सनलसँग खेल्ने तालिका छ । त्यस्तै जिरोनाले भने अर्को खेल अक्टोबर २ मा फेयनोर्डसँग खेल्ने तालिका रहेको छ ।

यता, म्यानचेस्ट सिटीले युइएफए च्याम्पियन्स लिगमा औसत सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले इन्टर मिलानसँग बराबरीमा रोकिएको छ । म्यानचेस्टर सिटी र इन्टर मिलान गोलरहित बराबरी खेलेका हुन् । खेल बराबरी भएपछि दुवैले एक एक अंक बाँडेका छन् ।

अब म्यानचेस्टर सिटीले अर्को खेल स्लोभान ब्राटिसलाभासँग अक्टोबर २ मा खेल्ने तालिका रहेको छ भने इन्टर मिलानले अर्को खेल अक्टोबर २ मा क्रेभेना भेजडासँग खेल्ने तालिका रहेको छ ।