एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु नगदसहित पुरस्कृत

एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु नगदसहित पुरस्कृत



काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले गएको वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरेका छ । संविधान दिवसको अवसरमा हेटौँडा आयोजित कार्यक्रममा काठमाडौं उपत्यकाका १३ र चितवनका दुई गरी १५ जना विद्यार्थीलाई पुरस्कृत र प्रमाणपत्र प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

बाग्मती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुर सिंह लामा र पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संयुक्त रुपमा काठमाण्डौ उपत्यका र चितवनका विद्यार्थीलाई उत्कृष्ट अंक ल्याएबापत नगद २०, १५ र १० हजार रुपैयाँसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

यस्तै, युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा विजयी हुने खेलाडीलाई प्रदेश प्रमुख देवकोटा र मुख्यमन्त्री लामाले शिल्ड, कप तथा प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।