दरबारमार्गमा नेसनल डे कन्सर्ट, पाँच हजार जना प्रहरी परिचालन

दरबारमार्गमा नेसनल डे कन्सर्ट, पाँच हजार जना प्रहरी परिचालन



काठमाडौं । संविधान दिवसका अवसरमा अहिले काठमाडौंको दरबारमार्गमा साङ्गितिक कार्यक्रम ‘नेसनल डे कन्सर्ट’ भइरहेको छ । नागरिकस्तरबाट गरिएको कन्सर्टमा चर्चित कलाकारहरुले साङ्गितिक प्रस्तुती दिइरहेका छन् ।

कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने उनका प्रेस सल्लाहकार प्रकास सिलवालले बताए ।

कार्यक्रमको सुरक्षाको लागि पाँच हजार जना भन्दा धेरै सुरक्षाकर्मी परिचालन भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी गरी कम्तीमा पनि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ ।

कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएकाले सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । हिजोदेखि दरबारमार्ग क्षेत्रमा गाडी चल्न रोक लगाएर मञ्च निर्माण भएको थियो ।