च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको विजयी शुरुवात

च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको विजयी शुरुवात


ग्लोब नेपाल
0
Shares

लन्डन । एटलेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले आरबी लेइपजिंगलाई २-१  गोल अन्तरले पराजति गर्दै विजयी शुरुवात गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा एन्टोनी ग्रीजम्यान र जोसे मारिया गिमेनेजले एक एक गोल गरेका थिए । त्यसैगरी आरबी लेइपजिंगका लागि बेन्जामिन सेस्कोले एक गोल गरेका थिए ।

अब एटलेटिको म्याड्रिडले अर्को खेल अब अक्टोबर ३ मा बेनिफिकासँग खेल्ने तालिका रहेको छ भने आरबी लेइपजिंगले अक्टोबर ३ मा युभेन्टससँग खेल्ने तालिका रहेको छ ।

बार्सिलोना मोनाकोसँग पराजित

बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा खराब शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना फ्रेन्च क्लब मोनाकोसँग २-१ गोल अन्तरले पराजित हुदै च्याम्पियन्स लिगको नयाँ सिजनको खराब शुरुवात गरेको हो ।

यस खेलमा खेलको १०औं मिनेटमा नै एरिक ग्रसियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

मोनाकोको जितमा मागहनेस अकिलोउच र जर्ज इलेनीखेनाले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि एक गोल लामिन यमलले गरेका थिए ।

बार्सिलोनाले अब अर्को खेल अक्टोबर २ मा योंग ब्वायजसँग खेल्ने तालिका रहेको छ भने मोनाकोले अर्को खेल डाइनामो जाग्रेबसँग अक्टोबर ३ मा खेल्ने छ ।