सहकारी अपचलनमा फरार रहेका २९ जना (सूचीसहित)

सहकारी अपचलनमा फरार रहेका २९ जना (सूचीसहित)



काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएसँगै समितिले फरार रहेकाहरुकाे नामसमेत सार्वजनिक गरेको छ । विभिन्न सहकारीमा रही फरार रहेका २९ जनाको नाम सार्वजनिक गरेको हो ।

अनुसूची-७ मा फरार रही समितिमा उपलब्ध हुन नसकेका सहकारीका सञ्चालकहरू उपस्थित गराउन भन्दै सरकारलाई निर्देशन समेत दिइएको थियो । तर उनीहरू सम्पर्कमा आएका थिएनन् ।

स्वर्णलक्ष्मी सहकारीका गितेन्द्रबाबु (जिबी) राई, सुमेरू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, सरला महर्जन, निमित्तराज श्रेष्ठ फरार रहेको प्रतिवेदनमा उल्लेख छ ।

सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढामगर, भूपेन्द्र राई, शिवशिखरका तेजबहादुर बम्जन लगायत २९ जना फरार छन् ।

सहकारी छानबिन समितिको पूर्ण प्रतिवेदन पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

फरार रहेका २९ जना