बोर्नमाउथमाथि लिभरपुलको सहज जीत

बोर्नमाउथमाथि लिभरपुलको सहज जीत


ग्लोब नेपाल
81
Shares

लन्डन । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले बोर्नमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा लुइज डियाजले दुई गोल गरेका थिए भने डर्विन नुनेजले एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको ५ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी बोर्नमाउथको भने ५ खेलमा ५ अंक रहेको छ र लिगमा १३औ स्थानमा रहेको छ ।

रियल म्याड्रिडको शानदार जित
रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत इस्पोनियलमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले इस्पेनियललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा डानी कारभाजल, रोड्रीगो, भिनिसियस जुनियर र किलीयन एम्बाप्पेले एक एक गोल गरेका थिए । त्यस्तै इस्पेनियलका लागि एक गोल रियल म्याड्रिडका गोलकिपर थिबाउट कोउर्टोइसले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको ६ खेलमा चौथो जित हासिल गर्दै १४ अंक सहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै इस्पोनियलको भने ६ खेलमा ७ अंक रहेको छ र १३औं स्थानमा रहेको छ ।

बायर्न म्युनिखको फराकिलो जित
जर्मनी लिग बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले वेर्डेरलाई ५-० गोल अन्तरले पराजित गरेको हो । बायर्न म्युनिखको जितमा माइकल ओलीसले दुई गोल गरेका थिए थिए भने जमाल मुसियाला, ह्यारी केन र सेर्गी ग्नाब्रीले एक एक गोल गरेका थिए ।

यो जितपछि बायर्न म्युनिखको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै वेर्डेरको ४ खेलमा ५ अंक रहेको छ र लिगमा १०औँ स्थानमा रहेको छ ।