मेडिकल ब्यवसायी दुर्गा प्रसाई पक्राउ

मेडिकल ब्यवसायी दुर्गा प्रसाई पक्राउ

एक घण्टासम्म गेट नखोलेपछि भर्‍याङ लगाएर प्रहरीको प्रवेश



काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए ।

पछिल्लो समय विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने अभिव्यक्ति दिँदै आएका बि एण्ड सी मेडिकल कलेजका सन्चालक प्रसाईलाई पक्राउ गर्न प्रहरी उनको निवास भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारमा साइबर ब्यूरोका ३ भ्यान प्रहरी पुगेका थिए ।

पक्राउ गर्न गएका प्रहरीलाई एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रहरी प्रवेश गरेको थियो । त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई समेत नियन्त्रणमा लिइएको थियो ।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।