दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले प्रसाईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको थियो । 

साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौंले पक्राउको अनुमति दिएको थियो ।