मौसम प्रतिकुल हुदा आन्तरिक उडान प्रभावित

मौसम प्रतिकुल हुदा आन्तरिक उडान प्रभावित



काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको विमानस्थलको कार्यलयले जानकारी दिएको छ ।

काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ ।

विहिबार काठमाडौंबाट सिमराका लागि उडेको यती एयरलाइन्सको विमान सिमराको आकाशमा पुगेर अवतरण हुन नसकी काठमाडौं फर्किएकाे छ भने यतिकै काठमाडौंबाट विराटनगर उडेको अर्को विमान मौसम बिग्रिएकाले बिचबाटोबाटै काठमाडौं फर्किएको विमानस्थलको कार्यालयले जानकारी दिएको छ ।