कोशी ब्यारेजबाट बस नदीमा खस्यो

कोशी ब्यारेजबाट बस नदीमा खस्यो



विराटनगर । कोशी ब्यारेजबाट यात्रु बाहक बस सप्तकोशीमा खसेको छ । 

विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस विहिबार साझ करिब ६ बजे कोशी ब्यारेजको पुलबाट नदीमा खसेको प्रहरीले जनाएको छ ।

बिहीबार को १ ख ४६०१ नम्बरको यात्रुबाहक बस सप्तकोशी नदीमा खसेको कोशी प्रदेश प्रहरीका एसएसपी भीम दाहालले जानकारी दिए ।

बसमा २० जना सवार रहेकोमा सबै यात्रुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विराटनगरबाट गाईघाट गइरहेको यात्रुबाहक बस खसेको हो । नरसिंह डिलक्स नामको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।