एएफसी यु-२० एसियन कप : नेपालले आज बहराइनसँग भिड्दै

एएफसी यु-२० एसियन कप : नेपालले आज बहराइनसँग भिड्दै


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु-२० एसियन कप छनोटको समूह बी को खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा सुरु हुनेछ ।

समूह बी मा नेपालले यसअघि तीन खेल खेल्दा १ खेल जितेको थियो भने २ खेलमा पराजित भएको थियो । पाँच टोली सहभागी समूह बी मा नेपाल ३ खेलबाट ३ अंकसहित चौथो स्थानमा छ ।