चितवन । हिजोदेखि लगातार पानी परिरेकोले आज रातिको समयमा नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक लगाइएकाे छ ।
चितवन जिल्ला सुरक्षा समितिले लगातारको पानीले रातीको समयमा पहिरोको जोखिम आंकलन गरि गाडी चल्न नदिने जनाएको हो ।
समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मा गाडी चलाउन रोक्ने जानकारी दिए ।
उनका अनुसार नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिए ।
उनले अहिले नै सडकमा ठूला पहिरो नगएपनि जोखिम मुल्यांकन गरि लामो दूरीका बसहरु चल्न नदिने निर्णय गरिएको बताए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि परिरहेको झरीको रेड एलर्ट जोन चितवन पनि परेको छ ।
प्रतिक्रिया