काठमाडौं उपत्यकाका नदीको बाढीले खतरा तह पार गर्‍यो

काठमाडौं उपत्यकाका नदीको बाढीले खतरा तह पार गर्‍यो



काठमाडौं । काठमाडौं उपत्यका भएर बग्ने नदीहरूमा शुक्रबार आएको बाढीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकाका बागमती नदीको खोकना, गौरीघाट, बल्खुमा खतरा तह पार गरेको हो ।

विभागका अनुसार बलम्बु र विष्णुमती नदीमा आएको बाढीले गोङ्गबु बसपार्कमा खतरा तह पार गरेको छ । विभागले पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै काठमाडौं महानगरपालिकाले पनि शुक्रबार सूचना जारी गर्दै खोला आसपासका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ ।

बिहीबार रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो क्रम आइतबारसम्म रहने मौसमविद्हरूले बताएका छन् । शुक्रबार देशको मध्य र पूर्वी तराईमा अति भारी वर्षा मापन भएको छ ।