अविरल वर्षाले सात राजमार्ग अवरुद्ध, ३४२ मा एकतर्फी सञ्चालन

अविरल वर्षाले सात राजमार्ग अवरुद्ध, ३४२ मा एकतर्फी सञ्चालन



काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिलोका कारण देशभर सात वटा राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सात वटा राजमार्ग अवरुद्ध हुँदा ३४२ राजमार्ग एकतर्फी मात्र सञ्चालन भएका हुन् ।

अवरुद्ध राजमार्गमा तमोर करिडोरको चतरा-मुलघाट-माझीटार-अमरपुर-गणेशचोक सडक, पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन-पोखारा, मध्य पहाडी राजमार्गको सिन्धुली खण्डलगायत छन् ।

प्राधिकरणका अनुसार ३४२ राजमार्ग एकतर्फी रुपमा सञ्चालन भइराखेका छन् । अन्य राजमार्ग भने सामान्य ढंगले सञ्चालन भइराखेका छन् ।