काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियनसिपमा नेपालको यात्रा सेमिफाइनलमै सकिएको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा शनिबार भएको खेलमा नेपाल साविक विजेता भारतसँग ४–२ गोलले पराजित भयो ।
भारतको जितमा चिङ्गखम, विशाल यादव, ऋषि सिंह र हिम्नीचुङ्ग लुनकिमले गोल गरे । नेपालका लागि सुवास बमले सान्त्वना गोल फर्काए । नेपालले अर्को गोल भारतबाट आत्मघाती उपहार पाएको थियो ।
भारतले उपाधिका लागि पाकिस्तान र बङ्गलादेशबिचको विजेतासँग खेल्नेछ । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ को उपविजेता र भारत समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो ।
प्रतिक्रिया