त्रिविको आजको परीक्षा स्थगित

त्रिविको आजको परीक्षा स्थगित


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आज(आइतबार)का लागि तय गरेको सम्पूर्ण परीक्षा स्थगित गरेको छ। मानविकी, शिक्षा शास्त्र तथा व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातक तह दोस्रो वर्षको आइतबारको परीक्षा स्थगित भएको त्रिविले जनाएको छ।

आंशिक तर्फको बीए, बीड. बीबीएस र बीएस्सीको परीक्षा पनि स्थगित गरिएको छ। यो परीक्षा असोज २१ मा सोही परीक्षा केन्द्र र समयमा सञ्चालन हुने त्रिविले जनाएको छ।

त्रिविले शनिबार एक सूचना जारी गर्दै ‘उक्त परीक्षाहरू यही असोज २१ गते सोही समयमा, सोही परीक्षा केन्द्रहरूमा सञ्चालन हुनेगरी तोकिएको ब्यहोरा निर्देशानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ साथै त्रिविले सम्पूर्ण केन्द्राध्यक्षलाई यही सूचनालाई आधिकारिक मानेर आइतबार हुनेगरी उल्लेख गरिएका सम्पूर्ण प्रश्न पत्र प्याकेट नखोली सुरक्षित साथ यही असोज २१ गते प्रयोग गरिदिन हुन अनुरोध गरेको छ ।