हवाई भाडा नियन्त्रण गर्न राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन

हवाई भाडा नियन्त्रण गर्न राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन


ग्लोब नेपाल
351
Shares

काठमाडौं । हवाई भाडा नियन्त्रण गर्न राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई निर्देशन दिएकाे छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बाढी पहिरोको विषम परिस्थिति तथा चाडवाडको मुखैमा हवाई भाडा दरमा नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

सभापति खतिवडाले हवाई सेवा कम्पनीहरुले भाडा दोब्बरसम्म लिएको भन्ने जनगुनासो आएकोले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई निर्देशन दिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

‘हिन्दुहरुको महान चाड दशैंको मुखमा आएको विपत्तिले जनतामा त्रासको वातावरण रहेको र देशको विभिन्न स्थानमा बाढी र पहिरोको कारण सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या परेको छ । यस विकराल तथा प्रतिकुल परिस्थितिमा आवतजावतको विकल्पको रुपमा रहेको हवाई यातायातमा समेत आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरुले आफूखुशी भाडा बढाउँदा आम नागरिकमा यसले ठूलो असर पारेको देखिन्छ ।’ समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख ।