बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो, ५५ जना अझै बेपत्ता

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो, ५५ जना अझै बेपत्ता



काठमाडौं । शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ ।

नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका १ सय १ जना घाइते छन् ।

३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको छ। काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन् । काभ्रे जिल्ला भरिमा ३१ जनाको ज्यान गएको छ । ललितपुरमा २३ जनाको मृत्यु भएको छ ।