टुट्यो खोटाङको लाइफलाइन !

टुट्यो खोटाङको लाइफलाइन !


ग्लोब नेपाल
324
Shares

काठमाडौं । अविरल वर्षाले कोशीको नमुनाका रुपमा रहेको आर्च डिजाइनको सुनकोशीमा रहेको फोक्सिनटार पुल बगाएको छ । गाईघाट दिक्तेल सडक खण्डको यो पुल खोटाङ जिल्ला जोड्ने छोटो बाटो रहेको छ ।

नेपाली निर्माण व्यवसायीले डिजाइन बनाएको पुलले ५ वटा कोशीको भारलाई सहन गर्न सकेन । अत्यन्त सुन्दर नमुनाको रुपमा रहेको पुल शुक्रबार र शनिबार परेको अविरल वर्षाले पुलको बीचको आर्च भाग बगाएको हो । निर्माणका क्रममा अनेकन चुनौतिहरुलाई सामना गर्दै तयार भएको उक्त ढलेपछि धेरैलाई निराश बनाएको छ ।

पुल बगाएसँगै गाईघाटबाट दिक्तेल सगरमाथा जोड्ने यस पुल बगेसँगै चाँडबाँडको मुखमा आवातजावतमा समस्या उत्पन्न भएको छ । सोचेभन्दा फरक ढंगले आएको बाढीले पुल बगाएको हो ।