बाढीपहिरोमा मृत्यु हुनेको संख्या २०४ पुग्यो, अझै ३३ जना बेपत्ता

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २०४ पुग्यो, अझै ३३ जना बेपत्ता



काठमाडौं । गत बिहीबार रातिदेखि शनिबारसम्म परेको अविरल वर्षपछि आएको बाढी र पहिरोका घटनामा परी मृत्यु हुनेको संख्या २०४ पुगेको छ ।

सशस्त्र प्रहरी बलका अनुसार, हालसम्म कोसी प्रदेशमा २३, मधेस प्रदेशमा ३, काठमाडौं उपत्यकामा ८२, वाग्मती प्रदेशमा ९४ र लुम्बिनी प्रदेशमा दुई जनाको मृत्यु भएको छ । अझै ३३ जना बेपत्ता छन् ।

देशभर बाढी प्रभावित क्षेत्रबाट हालसम्म तीन हजार ४०१ जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलले जारी गरेको विवरणमा उल्लेख छ ।

बाढी र पहिरोले १९ वटा पुलमा र एक हजार ७८३ घरमा क्षति गरेको छ । बाढी र पहिरोले तीनवटा बेलिब्रिज, पाँचवटा पक्की पुल, सातवटा झोलुंगे पुल र अन्य किसिमका चार पुलमा क्षति पुर्‍याएको हो ।