विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेकाे छ : गृहमन्त्री

विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेकाे छ : गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी पहिराेमा परी देशभर २ सय १८ जनाको ज्यान गएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतकाे राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री लेखकले अझै २७ बेपत्ता रहेका र १ सय ४३ जना घाइते भएका जानकारी दिएका छन् ।

विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनकाे जिकिर छ ।

गृहमन्त्री लेखकले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध भएका मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिए ।

राहत सामग्री परिचालन र पुनर्स्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका लेखकको दाबी छ ।

५० वर्षपछि ठूलाे वर्षा भएको जानकारी दिँदै गृहमन्त्रीले काठमाडौं उपत्यका र बाग्मती प्रदेश सबैभन्दा धेरै प्रभावित भएका बताए । नेपाली सेनाका ३ हजार ९ सय ६ जना, नेपाल प्रहरीका १४ हजार ८ सय २ जना र सशस्त्र प्रहरीका १२ हजार २३ जना जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएका उनले जानकारी दिए ।