च्याम्पियन्स लिग फुटबलमा आज राति ९ वटा खेल हुँदै

च्याम्पियन्स लिग फुटबलमा आज राति ९ वटा खेल हुँदै



काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज राति ९ वटा खेल हुँदैछन् ।

आज राति साढे १० बजे आरबी साल्जबर्ग र ब्रिस्ट तथा भीएफबी स्टुटगार्ट र स्पार्टा प्राहा खेल्दैछन् । ब्रिस्टले पहिलो खेल जितेको थियो भने साल्जबर्गले हारेको थियो । स्पार्टा प्राहाले पहिलो खेल जितेको थियो भने स्टुटगार्टले हारेको थियो ।

यस्तै राति पौने १ बजे डर्टमन्ड र सेल्टिक तथा पीएसभी र स्पोर्टिङ खेल्दैछन् । पहिलो खेलमा डर्टमन्ड र सेल्टिक दुवै विजयी भएका थिए । यस्तै स्पोर्टिङले पहिलो खेल जितेको थियो भने पीएसभीले हारेको थियो ।

यस्तै राति पौने १ बजे नै स्लोभान ब्राटिसलाभा र म्यान्चेस्टर सिटी तथा बार्सिलोना र योङ्ग ब्वाइज खेल्दैछन् । सिटीले पहिलो खेलमा बराबरी खेलेको थियो भने ब्राटिसलाभाले हारेको थियो । यस्तै बार्सिलोना र योङ्ग ब्वाइज पहिलो खेलमा पराजित भएका थिए ।

यस्तै आजै राति पौने १ बजे लेभेरकुसेन र एसी मिलान तथा इन्टर मिलान र क्रेभेना जेभेज्दा खेल्दैछन् । लेभेरकुसेनले पहिलो खेल जितेको थियो भने मिलानले हारेको थियो । इन्टरले पहिलो खेलमा बराबरी खेलेको थियो भने जेभेज्दाले हारेको थियो ।

यस्तै राति पौने १ बजे नै आर्सनल र पेरिस सेन्ट जर्मेइन (पीएसजी) खेल्दैछन् । पीएसजीले पहिलो खेल जितेको थियो भने आर्सनलले बराबरी खेलेको थियो ।