इजरायलका लागि २ हजार १ सय १२ जनाको नाम सार्वजनिक

इजरायलका लागि २ हजार १ सय १२ जनाको नाम सार्वजनिक


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । इजरायलमा रोजगारीका लागि आवेदन दिएकामध्ये दुई हजार एक सय १२ जनाको नाम सार्वजनिक भएको छ । इजरायल सरकारले आवेदन दिएकामध्ये गोला प्रथा (लट्री) मार्फत नाम सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगार विभागले इजरायलको पिवालाई पठाएको तीन हजार चार सय ६१ जनाको सूचीबाट दुई हजार एक सय १२ जनाको नाम सार्वजनिक भएको हो । गोला प्रथामा छनोट भएका ८८ जनाको प्रमाणपत्र नै नक्कली भेटिएकाले नाम हटाइएको विभागले जनाएको छ । नेपालस्थित इजरायली दूतावासको रोहवरमा गोला प्रथा गरिएको हो ।

विभागका अनुसार नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउँदै आएको छ । इजरायलको पिवाले सार्वजनिक गरेको नामावली अनुसार एक हजार एक सय ५६ महिला (६० प्रतिशत) र नौ सय ५६ पुरुष (४० प्रतिशत) गरी दुई हजार ११२ जना छनोट भएका छन् ।