युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र बायर्न म्युनिख पराजित

युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र बायर्न म्युनिख पराजित



काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड फ्रेन्च क्लब लिलेसँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा लिलेले रियल म्याड्रिडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

लिलेको जीतमा जोनाथन डेभिडले खेलको पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी मार्फत् गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । लिलेले यस सिजनमा दोस्रो खेलमा पहिलो जीत हासिल गरेको छ । लिलेले २ खेलमा ३ अङ्क हासिल गरेको छ । रियल म्याड्रिडको पनि २ खेलमा ३ अङ्क रहेको छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले बायर्न म्युनिखलाई १–० गोलले नै पराजित गर्‍यो । एस्टनको जीतमा जे डुरानले खेलको ७९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जीतपछि दुई खेलमा अपराजित भिल्ला ६ अङ्कसहित तालिकाको छैठौँ स्थानमा छ ।