पूर्वराजा शाहले विजया दशमीमा सर्वसाधारणलाई टीका लगाइदिने

पूर्वराजा शाहले विजया दशमीमा सर्वसाधारणलाई टीका लगाइदिने


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मला निवासमा टीका लगाइदिने भएका छन् । संवाद सचिवालयले एक सूचना जारी गर्दै यस वर्ष पूर्वराजाले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने जनाएको छ ।

संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउने भएका हुन् ।

पूर्व राजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।