अमेरिकामा हेलेन आँधीबाट ज्यान गुमाउने २०० नाघे

अमेरिकामा हेलेन आँधीबाट ज्यान गुमाउने २०० नाघे


ग्लोब नेपाल
108
Shares

अमेरिकाको नर्थ क्यारोलिनामा आएको आँधीले ठूलो मात्रामा जनधनको क्षति भएको छ । ‘हेलेन’ नामको आँधीका कारण मृत्यु हुनेको संख्या २ सय भन्दा बढिको मृत्यु भएको अन्तराष्ट्रिय समाचार संस्था बीबीसीले जानकारी दिएको छ ।

आँधीमा परेका थप नागरिकहरूको अमेरिकी उद्धारकर्मीहरूले खोजी गरिरहेका छन्। आँधीका कारण ज्यान गुमाउने धेरै नागरिक नर्थ क्यारोलिनाका रहेका छन् । सन् २००५ मा आएको क्याट्रिना नामको तुफानपछि हेलेन अत्यधिक घातक आँधी साबित भएको अमेरिकी सञ्चार माध्यमहरूले लेखेका छन् ।

क्याट्रिना आँधीका कारण १८ सयभन्दा बढीको मृत्यु भएको थियो । हेलेन आँधीले आएको एक हप्ता बितिसक्दा पनि सयौं मानिस अझै बेपत्ता छन् र करिब ८ लाख घरहरूमा अझै पनि बिजुली अवरुद्ध छ ।

नर्थ क्यारिलोनामा दशौं हजार मानिस पानीको सुविधाबाट पनि बञ्चित भएका छन् । समाचार संस्था एपीका अनुसार सयौं सडकहरू बन्द छन् जसले गर्दा सहायता सामग्री पठाउन पनि अप्ठ्यारो भइरहेको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधीबाट प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका छन् ।