एभरेस्ट महिला भलिबलमा आज लिग चरणको अन्तिम खेल

एभरेस्ट महिला भलिबलमा आज लिग चरणको अन्तिम खेल



काठमाडौं । एभरेस्ट महिला भलिबलमा लिग चरणकाे अन्तिम दिन आज तीन वटा खेल हुँदैछन् ।

आज पहिलो खेलमा दिउँसो पौने ४ बजे ललितपुर क्वीन्स र चितवन शक्ति खेल्दैछन् । यस्तै दोस्रो खेलमा बेलुका पौने ६ बजे मधेश युनाइटेड र गण्डकी थन्डर्स खेल्दैछन् । यस्तै तेस्रो खेलमा राति पौने ८ बजे काठमाण्डौ स्पाइकर्स र कर्णाली यशस्वी खेल्दैछन् । तीन वटै खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ ।

कर्णाली लगातार ४ खेल जितेर १० अङ्कसहित फाइनलमा पुगिसकेको छ । आजको खेलबाट फाइनलमा पुग्ने अर्काे टोलीको टुङ्गो लाग्नेछ । काठमाण्डौ ९ अङ्कसहित दोस्रो तथा चितवन र ललितपुर समान ७ अङ्कसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् । यस्तै गण्डकी ४ खेलमा ३ अङ्कसहित पाँचौं स्थानमा लगातार ४ खेल हारेको मधेश अङ्कविहीन हुँदै पुछारमा छ ।

नेपालको पहिलो फ्रेन्चाइज भलिबल लिगको फाइनल खेल भोलि हुनेछ ।