फिल्म ‘छक्का पञ्जा ५’ को ट्रेलर सार्वजनिक

फिल्म ‘छक्का पञ्जा ५’ को ट्रेलर सार्वजनिक


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को ट्रेलर सार्वजनिक गरिएको छ ।

शनिबार सार्बजनिक गरिएको ट्रेलरमा दीपकराज गिरीले घुस नखाने सरकारी कर्मचारीको भूमिकामा रहेको बुझ्न सकिन्छ । त्यस्तै केदार घिमिरे, वर्षा सिवाकोटी, राजाराम पौडेल लगायतको पनि फिल्ममा महत्वपूर्ण भूमिका रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी आदिको पनि अभिनय रहेको छ । हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ ।

‘छक्का पञ्जा’को अघिल्ला चार सिरिज सुपरहिट भएका थिए । पाँचौं सिरिज भने दुई नेपाली फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ सँगै रिलिज हुन लागेको छ ।