इन्स्पेक्टर डा. सिंहलाई गृह मन्त्रालयले सोध्यो स्पष्टीकरण

इन्स्पेक्टर डा. सिंहलाई गृह मन्त्रालयले सोध्यो स्पष्टीकरण


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा. शिवानी सिंहलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले सूचना निकालेर डा. सिंहलाई स्पष्टीकरणसहित हाजिर हुन आउन भनेको हो ।

आफू खुसी बिदामा बसेको भन्दै मन्त्रालयले सूचना निकालेर डा. सिंहलाई सात दिनभित्र गैर हाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको हो । डा. सिंहले २०८१ वैशाख २ गतेदेखि लागू हुने गरी ४ दिनको भैपरी आउने बिदा स्वीकृत गराई बिदा बसेकोमा पुनः थप घर बिदा १४ दिन, पुनः थप घर बिदा ३० दिन र पुनः थप घर बिदा ३० दिन गरी कुल ७८ दिन सम्म लगातार बिदा बसी उक्त बिदा भुक्तान गरी २०८१ साउन ६ गते आफू कार्यरत नेपाल प्रहरी अस्पतालमा हाजिर हुन आउनु पर्नेमा नआएको मन्त्रालयले जनाएको छ ।