अनिल र ललित जनकपुरमा आवद्ध

अनिल र ललित जनकपुरमा आवद्ध



काठमाडौं । नेपाली टोलीका विकेटकिपर तथा ओपनर अनिलकुमार साह र स्पिनर ललितनारायण राजवंशी जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन् ।

आइतबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा उनीहरु गोलाप्रथाबाट जनकपुरमा आवद्ध भएका हुन् ।

ललितलाई किन्न आठै टोलीमा इच्छा देखाएका थिए । तर, बिड १५ लाखसम्म पुगेपछि गोलप्रथाबाट उनी जनकपुर बोल्ट्समा पुगेका हुन् ।

त्यसैगरी क्याटोगरी ‘ए’ मा नै रहेका अनिललाई आठै टोलीले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका थिए । गोलाप्रथाबाट उनी जनकपुर पुगे ।

उनीहरुको न्यूनतम मूल्य १० लाख रुपैयाँ थियो ।