गोलाप्रथाबाट लुम्बिनी पुगे सन्दीप

गोलाप्रथाबाट लुम्बिनी पुगे सन्दीप



काठमाडौं । नेपाली क्रिकेट टोलीका ब्याट्सम्यान सन्दीप जोरा लुम्बिनी लायन्समा अनुबन्धन भएका छन्।

क्यारोगरी ‘ए’ मा रहेका उनलाई पोखरा एभेन्जर्स, चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका थिए। गोलाप्रथाबाट उनी लुम्बिनी पुगेका हुन्।

उनको न्यूनतम मूल्य १० लाख रुपैयाँ थियो ।

देव खनाल कर्णालीमा आवद्ध

नेपालका युवा ब्याटर देव खनाललाई नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले न्यूनतम १० लाख रुपैयाँमा किनेको छ ।

नेपालबाट यू१९ क्रिकेटमा तीन शतक हान्ने एक्लो खेलाडी उनलाई कर्णालीले न्यूनतम मूल्य पाएको हो ।

देव ओपनिङ र तेस्रो नम्बरमा ब्याटिङ गर्ने गर्दछन् । उनले नेपालबाट खेली सकेका छन् ।